कमल थापा भन्छन्- पार्टीमा नेतृत्वले सम्मान र अपनत्वको वातावरण बनाउनुपर्छ
१६ जेठ, २०८३, शनिवार
- थापाले पार्टीभित्र केही समस्या र विकृतिहरू रहेको स्वीकार गर्दै तिनको समाधान पार्टीभित्रै खोज्नुपर्ने धारणा राखेका छन् । उनले निकट भविष्यमा हुने महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गर्दै विगतका तितामीठा अनुभवलाई बिर्सेर आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन् ।
उनले राजनीतिक यात्रामा चुनावी हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसबाट विचलित वा निराश हुन आवश्यक नरहेको बताएका छन् । राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै उनले पार्टीले अंगालेका विचार र सिद्धान्त कहिल्यै समाप्त नहुने बताएका छन् ।
थापाले पार्टीभित्र केही समस्या र विकृतिहरू रहेको स्वीकार गर्दै तिनको समाधान पार्टीभित्रै खोज्नुपर्ने धारणा राखेका छन् । उनले निकट भविष्यमा हुने महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार पार्टी नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने, सबै सदस्यमा सम्मान र अपनत्वको भावना कायम हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ ।
पार्टीबाट अलग हुने वा निष्क्रिय बस्ने मनस्थिति नराख्न कार्यकर्ता र समर्थकहरूलाई आग्रह गर्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सबै राष्ट्रवादी नेपालीहरूको साझा शक्ति तथा बलियो राष्ट्रिय विकल्पका रूपमा स्थापित गर्न एकजुट हुन आह्वान गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।